November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

मन्त्रिपरिषद्ले गरेको पछिल्लो निर्णयहरु

2.6K

काठमाडौं पुस १० र १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु सरकारले सार्वजनिक गरेको छ ।

बैठकले गरेका निर्णयहरु मध्ये रेलवे सुरक्षामा सशस्त्र प्रहरीलाई खटाउने, सेनाका डा. देवेन्द्रबहादुर खत्रीलाई प्राविधिक उपरथी दर्जामा बढुवा गर्ने, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको रिक्त वरिष्ठ अध्ययन निर्देशक (विशिष्ठ श्रेणी) पदमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका सचिव आनन्दराज ढकाललाई काजमा खटाउने रहेका छन् ।

त्यसैगरी बैठकले राहदानीका भित्री पानामा राख्ने विभिन्न तस्वीरलाई स्वीकृति दिने निर्णय पनि गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा प्राचीन कपिलवस्तु राज्यको राजधानी सहर तिलौराकोट वरपर रहेका ३५ वटा घर र करीब ७५ विघा जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ ।

Advertisement

बैठकले संयुक्त अधिराज्यबाट यात्रा आरम्भ हुने वा संयुक्त अधिराज्य ट्रान्जिट भई नेपाल आउने यात्रुलाई आगमन रोक लगाउनेसम्बन्धी कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको मिति पुस ७ को निर्णय अनुमोदन गर्ने निर्णय गरेको छ ।