काठमाडौं । साउदी प्रो लिग फुटबलमा क्रिस्टियानो रोनाल्डो आबद्द अल नसरले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा नसरले इत्तिफागलाई १-० गोल अन्तरले हराएको हो । रोनाल्डोले लिगमा डेब्यु गरेको खेलमा नसरका लागि टालिस्काले निर्णायक गोल गरे ।
टालिस्काले खेलको ३१ औं मिनेटमा गोल गरेका थिए । यस जितसँगै नसरले १४ खेलमा ३३ अंक जोडेको छ ।
नसर शीर्ष स्थानमा रहेको छ । इत्तिफाग १६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।