November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

यथार्थवादी वरिष्ठ गीतकार देवेन गिरीलाई ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’

3K

काठमाडौं । यथार्थवादी वरिष्ठ गीतकार एवं पर्यटन व्यवसायी देवेन गिरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित भएका छन् ।

सङ्गीत महर्षि नातिकाजिज्यू को ९८ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममामा राष्ट्रपति भण्डारी, नातिकाजी स्मृति समाजका अध्यक्ष समेत रहेका वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, वरिष्ठ साहित्यकार बैरागी काईंलाले गिरीलाई ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मान गरेका हुन् ।

गीतसंगीतमा पु¥याएको योगदानको कदर गर्दै वरिष्ठ गितकार गिरीलाई सम्मान गरिएको हो । देश बने पो हामी बन्छौं एक्लै बनेर के अर्थ हुन्छ र, तिमी भयौ बुढी पिपल जस्ता कालजयी गीतको सिर्जना गरेका गिरीका ३० भन्दा बढी गीत बजारमा रहेका छन् ।

Advertisement

यथार्थपरक र सन्देश मुलक विषयमा कलम चलाउन रुची राख्ने गिरीलाई यथार्थवादी गीतकार भनेर पनि चिनिन्छ । पर्यटन ब्यवसायमा समेत आवद्व गिरी ठमेलमा रहेको होटल म्याजेष्टिक र भोजघर रेष्टुरेण्टका सञ्चालक पनि हुन् । यस्तै बाग्लुङ्ग कुश्मामा रहेको विश्वकै दोस्रो उचाईमा रहेको बञ्जीजम्प र द क्लिफ रिसोर्टमा समेत उनको लगानी रहेको छ । उनका श्रृजनाहरु त्जभ एभल बलम म्भखभल सुन्न सकिन्छ ।