काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले बराबरी खेल्दै अंक बाडेका छन् । शनिबार भएको खेलमा लिभरपुल र चेल्सीले गोलरहित बराबरी खेलेका हुन् ।
एनफिल्डमा भएको खेलमा दुबै टोलीले पाएको अवसरलाई गोलमा परिणत गर्न सकेनन् । खेलको तेस्रो मिनेटमा चेल्सीका काइ हार्भट्जले गोल गरेका थिए ।
तर, भीएआरले उनलाई अफसाइड देखाएपछि गोलले मान्यता पाएन । यस बराबरीसँगै लिभरपुलले १९ खेलमा २९ अंक जोडेको छ ।
लिभरपुल आठौं स्थानमा रहेको छ । २० खेलमा २९ अंक जोडेको चेल्सी १० औं स्थानमा रहेको छ ।