November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रदेश-१ लाई हराउँदै सुदुरपश्चिम च्याम्पियन

1.5K

काठमाडौं । सुदुरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । इटहरीमा शनिबार भएको फाइनलमा प्रदेश- लाई ६ विकेटले हराउँदै सुदुरपश्चिम च्याम्पियन बनेको हो ।

सुदुरपश्चिमले पहिलो पटक पीएम कपको उपाधि उचालेको हो । उपाधिसँगै सुदुरले ५ लाख र उपविजेता प्रदेश-१ ले ३ लाख रुपैयाँ प्राप्त गरेका छन् । प्रदेश-१ ले दिएको १ सय २ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदुरले १९ ओभर ५ बलमा १०२ रन जोड्दै लक्ष्य पूरा गर्यो ।

सुदुरको जितमा सम्झना खड्काले अविजित २७ रन जोडिन् । कविता जोशी १९ रनमा अविजित रहिन् । डोली भट्टले २२ तथा कविता कुँवरले १२ रन बनाईन् ।

Advertisement

प्रदेश-१ का लागि सबनम राई, संगीता राई, रुबिना क्षेत्री र हिरान्मायी रोयले १/१ विकेट लिए । जनता क्रिकेट पार्क क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको प्रदेश-१ ले २० ओभरमा ५ विकेट गुमाएर १ सय १ रन बनाएको थियो ।

प्रदेश-१ का लागि काजल श्रेष्ठले अविजित ४८ रन जोडिन् । यस्तै अप्सरी बेगमले १५ रन जोड्दा कप्तान रुबिना क्षेत्रीले १४ रन जोडिन् ।

सुदुरकी मनिषा चौधरीले २ तथा ऋतु कोनुजियाले १ विकेट लिईन् ।

नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो ।