November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

लियोनल मेस्सीसहित पेरिस सेन्ट जर्मनको टिम आइपुगे कतार

4.1K

शारदा भुजेल

दोहा । विश्वकप च्याम्पियन लियोनल मेस्सीसहित पेरिस सेन्ट जर्मनको टिम कतार आएको छ । विश्वकप च्याम्पियन मेस्सीसहित ब्राजिलका नेयमार, फ्रान्सका विश्वकप स्टार केलियन एम्बाप्पेसहितको पेरिस सेन्ट जर्मनको टिम कतार आएको हो।

खेलाडीहरू कतार एयरवेजको विमानमा बुधबार बिहानै कतार आइपुगेका हुन् । टोलीले खलिफा स्टेडियममा साँझ प्रशिक्षण गर्नेछ र कतारमा क्लबका साझेदारहरूसँग आयोजित एक्टिभेसनको श्रृंखलामा पनि भाग लिनेछ।

Advertisement

टोली बिहीबार साउदी जानेछ । टोलीले साउदीका शीर्ष क्लब अल–हिलाल र अल–नासरका अल–स्टार ११ विरुद्ध खेल्ल्दैछ।

रियादको किंग फहद स्टेडियममा हुने खेलमा स्टार फरवार्डद्वय क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सी  मैत्रीपूर्ण खेलमा आमनेसामने हुँदैछन् ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनले साउदी अल स्टार ११ को सामना गर्दा यी दुई २ वर्षपछि एक अर्कासँग भिड्न लागेका हुन्।

डिसेम्बर २०२० मा युभेन्टसले बार्सिलोनालाई ३-० ले हराएपछि उनीहरूबीच भिडन्त भएको छैन।