November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रदेश २ का नेकपा संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

2.8K

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएसँगै प्रचण्ड–नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी थालेको छ । आज जनकपुरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका नेता मण्डललाई दलको नेताबाट हटाउने तयारी गरिएको प्रचण्ड–नेपाल समूहका सांसद शत्रुघन महतोले जानकारी दिनुभयो ।

प्रदेश २ मा नेकपाको ३२ जना सांसदमध्ये १७ जना सांसदले हस्ताक्षर गरी दलका उपनेता रामकुमार यादवसमक्ष मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइसकिएको सांसद महतोले जानकारी दिनुभयो ।

Advertisement