काठमाडाैं-प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको बहुमत/अल्पमतको अवस्था चुनावपछि थाहा हुने बताएका छन्।
प्रवासी नेपालीलाई अंग्रेजी नयाँ वर्षमा सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भने,‘उहाँहरु (प्रचण्ड–माधव समूह) ले आफूसँग बहुमत भएको भनिरहनुभएको छ। बहुमत-अल्पमत अहिले हुँदैन। चुनावपछि हुन्छ।’
पार्टी विभाजनअघि नेकपामा प्रचण्ड-नेपाल समूहसँग स्पष्ट बहुमत थियो। पार्टी विभाजनसँगै प्रचण्ड-नेपाल समूहमा गएकाको संख्या पनि प्रधानमन्त्री ओलीको पक्षमा भन्दा बढी छ।