बिराटनगर । प्रदेश नं. १ का नयाँ तीन मन्त्रीले सपथ लिएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले मौजुदा मन्त्रीपरिषदमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम कार्यविभाजन गरिदिई पद तथा गोपनियताको सपथ पनि गराएका हुन् ।
नयाँ मन्त्रिमण्डलमा दुर्गाप्रसाद चापागाइँ, जीवन आचार्य र बुद्धिकुमार राजभण्डारी रहेका छन् । यसअघि तिलकुमार मेन्याङ्बो, भक्तिप्रसाद सिटौला र निर्मला लिम्बू नियुक्त भएका थिए । सबै मन्त्रीहरूको मन्त्रालय तोकिन भने बाँकी छ।
