November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सोमनाथ घिमिरे अमेरिकी डेमोक्रेटिक क्लबको उपाध्यक्षमा मनोनित

2.3K

न्यूयोर्क । गिरिजाप्रसाद कोइराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेलाई नयाँ अमेरिकी डेमोक्रेटिक क्लबको उपाध्यक्ष पदमा मनोनयन गरिएको छ। उनको राजनीतिक तथा सामाजिक सक्रियता, जो वाईडेन र कमला ह्यारीस् राष्ट्रपती/उप राष्ट्रपती जिताउँ अभियानमा खेलेको भूमिका साथै न्युयोर्कमा स्थानीय र राज्यस्तरीय चुनावमा गरेको बिशेष भूमिकाको उच्च मूल्याकंन गर्दै उपाध्यक्षमा मनोनयन गरिएको हो ।

घिमिरेले जीपी कोईराला फाउन्डेशन अमेरिका च्याप्टरमार्फत लामो समयदेखि जुझारू र शसक्त टीम बनाई कोरोना कहरका बीच समेत समाजमा उल्लेखनीय योगदान पुर्याएको लगायतका पक्षहरूको समग्र मुल्यांकन गरी सो पदमा नियुक्त गरीएको व्यहोरा नयाँ अमेरिकी डेमोक्रेटिक क्लबका संस्थापक अध्यक्ष मोर्सेद अलामले बताए ।

नयाँ अमेरिकी डेमोक्रेटिक क्लब न्युयोर्क राज्यकै सबैभन्दा पुरानो राजनीतिक संस्था दक्षिण एसियाली अमेरिकन मेर्सेद अलामले सन १९९८ मा स्थापना गरेका हुन् । मोर्सेद अलाम पर्यावरण रसायनज्ञ हुन र उनी पूर्वआयुक्त एनवाइसी मतदाता सहायता आयोग र सामुदायिक विद्यालय बोर्ड २९ उपाध्यक्ष र कोषाध्यक्षमा न्युयोर्क राज्यको इतिहासमा पहिलो पटक दक्षिण एसियाली पदाधिकारी निर्वाचित हुदै सन १९९८ मा एनवाइसी सिनेटका लागि डेमोक्र्याटिक पार्टीका न्युयोर्क राज्यको इतिहासमा पहिलो पटक दक्षिण एसियाली उम्मेद्वार भएर रिपब्लीकन उम्मेद्वार विरुद्धमा ४२ प्रतिशत मत प्राप्त गरेर अमेरिकी राजनीतिक सर्कलमा आश्चर्यचकितनै पारेका थिए ।

Advertisement

अध्यक्ष आलमले, उपाध्यक्ष पदमा नियुक्त हुनुभएकोमा घिमिरेलाई बधाई दिँदै नयाँ अमेरिकी डेमोक्रेटिक क्लबलाई अझ ससक्त रुपले सबै कार्यकारी सदस्यहरूसँग सहकार्य गरी आगामी रणनीति एवं कार्यदिशामा सम्बद्द सबैलाई समेटी डेमोक्रेटिक पार्टीमा दक्षिण एसियाली मतदाताहरूको संख्या शसक्त ढंगले अझै धेरै बढाउॅंदै हाम्रो प्रभावकारीता थप उचाईमा पुर्याउने विश्वास व्यक्त गरे । घिमिरेलाई फाउन्डेसनकातर्फबाट उपाध्यक्ष सुवर्ण लामाले बधाई ज्ञापन गरेका छन् ।