November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

‘फूलझैं’मा आमा र दुई छोरीको प्रेम(हेरौं भिडियो)

2.5K

काठमाडौं । गायिका सुमिता राईले ‘फूलझैं तिमी मुस्कुराऊ’ गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरेकी छन् । उनको दोस्रो गीति एल्बम ‘नयना’मा संग्रहित यो गीतमा मिन्छामा राई र रुक्सना लिम्बूले गायकीमा साथ दिएका छन् ।

यसमा गीतकार मुकेश राईको शब्द, संगीतकार ताराप्रकाश लिम्बूको संगीत र सबिन लिम्बूको संगीत संयोजन समेटिएको छ ।

यसको भिडियोमा कलाकार रजनी गुरुङ, मिन्छामा र रुक्सनाको अभिनयगरेका छन् । जसको निर्देशन किरण चाम्लिङ राईले गरेकाहुन । भूपेन्द्र तुम्बाहाम्फे लिम्बूले खिचेको भिडियोमा आमा र दुई छोरीको प्रेमलाई देखाइएको छ ।

Advertisement