काठमाडौं । हाङ चेम्जोङको निर्देशनमा बनेको हाक्पारे ‘फुङ्वा चाङ्मा’ दर्शकमाझ आएको छ । यसअघि थुप्रै नेपाली तथा लिम्बु पाःलाम गीतहरुमा काम गरिसकेका चेम्जोङको हाक्पारेमा भने यो पहिलो निर्देशन हो ।
आफ्नो संकृतिमा आधारित हाक्पारे साम्लोहरुमा काम गर्न पाउँदा एकदमै खुशी र बेग्लै उर्जा मिलेको चेम्जोङ बताउछन् । शान्ता केरुङको शब्द संकलन तथा निमार्ण रहेको यस हाक्पारेले लिम्बु संकृतिप्रेमी दर्शक तथा श्रोताहरुको मन जित्ने सक्नेमा आफू ढुक्क रहेको चेम्जोङ बताउछन् ।
स्टुडियो किङमा रेकर्ड गरिएको हाक्पारे ‘फुङ्वा चाङ्मा’को संगीतसंयोजन मनोज साङ्सोनले गरेका हुन् । यस हाक्पारेमा जीवन केदेमको स्वर रहेको छ भने निरन्ता नेम्बाङ, सुमन लिम्बुले पनि साथ दिएका छन् । यस्तै मिक्सिङ राजु कार्की राजु कार्कीको रहेको छ ।
यस हाक्पारे भिडियोको छायाँकन सुमन तामाङ, सम्पादन पर्शु थलङले गरेका हुन् भने श्रृंगार कृष्ण सुबेदीले गरेका हुन् ।
भिडियोमा मौसम इम्बुङ (फुलेंदेको बाउ), इन्दिरा नेम्बाङ, जीवन केदेम, शान्ता केरुङ, दुर्गा तुम्सा माखिम, लिला सेलिङ, इन्दु पंधाक इस्बो, निता लिम्बु, चन्द्र केदेम, मिलन केदेम, कर्ण काम्बाङ, आयुषा नेम्बाङ, बिरेन्द्र इम्बुङ, मिना नेम्बाङ लगायतको अभिनय रहेको छ । भिडियो लिम्बु कल्चर क्रियशन युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।