November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

तेस्रो पटक पर्यटन सद्भावनादूत भएका टण्डनलाई क्यानाडामा सम्मान

1.9K

काठमाडौं । क्यानाडाका लागि नेपालका पर्यटन सद्भावनादूत नरबहादुर टण्डनलाई सम्मान गरिएको छ ।

ब्राम्टन साउथकी संघीय संसदकी प्रतिनिधि सांसद सोनिया सिद्दुले दिवंगत महारानी एलिजावेथको ७०औं राज्यरोहणको स्मरणमा उनलाई सम्मान गरेकी हुन्।

क्यानाडामा नेपाली समुदायको सेवामा सक्रिय रहेको भन्दै टण्डन सम्मानित भएका हुन् । सम्मानका लागि उनले सांसद सिद्दुलाई धन्यवाद ज्ञापन गरेका छन्।

Advertisement

दूत टण्डनले नेपाली पर्यटनसम्बन्त्री पुस्तक सांसद सिद्दुलाई प्रदान गरेका थिए। टण्डन नेपालको पर्यटन प्रचार प्रसारका लागि लामो समयदेखि कार्यरत छन्। नेपाल सरकारले हालै उनलाई टोरन्टोका लागि तेस्रो पटक पर्यटनदूत नियुक्त गरेको थियो।