काठमाडौं । गीतकार जीवन मुकारुङको गीत ‘हिँड्दा हिँड्दै’ सार्वजनिक भएको छ । गीतमा कमल रसाइलीको संगीत, रिकेश गुरुङको संगीतसंयोजन र मुस्कान राईको स्वर तथा मिक्सिङ तथा मास्टरिङ रहेको छ । यस्तै, बाँसुरीमा नगेन्द्र राई र मादल भुवन गन्दर्भ रहेका छन् ।
उक्त गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको हो । भिडियोमा अनुषा राई र मुस्कान राईको मुख्य भूमिका रहेको छ भने खगेन्द्र राई, विश्व तामाङ, पूजा तामाङ र रेनुका लामाले अभिनयमा साथ दिएका छन् ।
माया मगरले निर्माण गरेको यश भिडियोलाई फरज अर्पणले छायांकन गरेका हुन् भने निर्देशन तथा सम्पादन ज्वाला राईले गरेका हुन् । यस्तै भिडियोको श्रीङ्गारमा छिरिङमा शेर्पा,लाइटमा हर्क पहाडी, यातायातमा सरण कुमार तामा रहेका छन् ।
सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङद्धारा रेकर्ड गरिएको उक्त गीतको भिडियो मुस्कान राईको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।