– शारदा भुजेल
दोहा । काठमाडौं म्युजिकल ब्यान्डले ‘कलाकार आकस्मिक कोष निर्माण सहयोगार्थ’ कतारमा सांगीतिक कार्यक्रम गर्ने भएको छ । नयाँ बर्ष २०२३ को अवसरमा शुभकामना आदानप्रदानसहित ‘कलाकारआकस्मिक कोष निर्माण सहयोगार्थ’ ब्यान्डले साङ्गितिक कार्यक्रम गर्ने भएको हो ।
आफ्नो दोस्रो प्रस्तुति अन्तर्गत ब्यान्डले लाईभ म्युजिक धमाका कार्यक्रम गर्ने कार्यक्रम संयोजक रोशन अर्यालले जानकारी दिए । कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने अर्यालले बताए ।
कार्यक्रममा स्थानीय कलाकारहरुलाई प्रोत्साहन गर्ने उदेश्यले धेरै स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ ।
क्युएन डान्सको दमदार प्रस्तुति, नेपाली महिला समाज कतारका बालकलाकारद्वारा स्वागत नृत्य तथा नेपाली संस्कृति झल्कने विभिन्न समुदायहरुका मौलिक नृत्य, लाइभ दोहोरी, मैथिली तथा भोजपुरी गीतसंगीत पनि कार्यक्रमको आकर्षकको रुपमा रहने छन्।
कार्यक्रम आउँदो जनवरी ६ तारिखका दिन कतारस्थित आइडियल ईन्डियन स्कुल अबुहमरको सभाहलमा हुनेछ ।