काठमाडौं । हेम-सरिता पाठक फाउण्डेसनले जनसंगीत मञ्चका अध्यक्ष नविन पौडेललाई सम्मान गरेको छ । फाउण्डेशनले एक हजार डलर राशीको हेम-सरिता पाठक अन्तर्राष्ट्रिय संगित पुरस्कारबाट एकीकृत समाजवादी अन्तर्गतको राष्ट्रिय जन सांस्कृतिक महासंघ समाजवादीको घटक संगठन जनसंगीत मञ्चका अध्यक्ष समेत रहेका गायक नविन पौडेललाई सम्मानित गरेको हो । फाउण्डेशनले सोमवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर पुरस्कार वितरण गरेको हो ।
गायक पौडेलले यसअघि राष्ट्रपतिबाट जनसेवाश्री मानपदवी प्राप्त गरिसकेका छन् । यसका साथै उहाँले राष्टपतिबाट नेपाल प्रविण मानपदवी प्राप्त गरेका छन् । पौडेलले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट पचास हजार नगद राशिसहित प्रादेशिक प्रतिभा पुरस्कार पनि प्राप्त गरेका छन् ।
त्यस्तै, बाग्मती प्रदेश सरकारबा कलाकृति मानपदवी पनि उहाँले प्राप्त गरेका छन्। यस्तै, तीस हजार नगदसहित नुरगंगा प्रतिभा पनि उनले प्राप्त गरेका छन् । गायक पौडेलले हिमालयन म्युजिक अवार्ड, सगरमाथा म्युजिक अवार्ड, बिन्धवासिनी म्युजिक अवार्ड, क्यापिटल म्युजिक अवार्ड र म्युजिक खबर सांगितिक सम्मानसमेत यस अघि नै प्राप्त गरेका छन् ।