November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रदेश १ का सांसदहरूले आज शपथ लिने

1.9K

बिराटनगर । प्रदेश १ का सांसदहरूले आज पद तथा गोपनियताको शपथ लिने भएका छन्।
मंसिर ४ को निर्वाचनबाट निर्वाचित प्रदेशका ९३ जना सदस्यलाई आज ज्येष्ठ सदस्य गयानन्द मन्डलले शपथ गराउनेछन्।

मण्डललाई प्रदेश प्रमुख पर्शुराम खापुङले साढे १२ बजे शपथ गराएपछि उनले सदस्यहरुलाई साढे १ बजे शपथ गराउनेछन्।

मोरङ ५ को क्षेत्र नम्बर १ बाट निर्वाचित मन्डल ७९ वर्षका छन्। प्रदेशको पहिलो कार्यकालमा पनि ज्येष्ठ सदस्यका रुपमा झापाका कांग्रेसका सांसद ओम सरावगीले पहिलो बैठकको अध्यक्षता गर्दै सासदहरुलाई शपथ गराएका थिए।

Advertisement