– शारदा भुजेल
दोहा । स्याङ्गजा सहयोग समाज कतारले रक्तदान कार्यकम्र सम्पन्न गरेको छ । स्याङ्गजा सहयोग समाज कतारले नेपाली रक्तदाता संघ कतारको समन्वयमा रक्तदान कार्यक्रम सप्पन्न गरेको हो ।
शुक्रबार दोहाको अलसादस्थित हमाद हस्पिटलको न्यु ब्लड डोनेसन सेन्टरमा सप्पन्न कार्यक्रममा ५९ जनाले रतदान गरेका थिए । स्याङ्गजा सहयोग समाजको चाहाना विशुद सामाजिक सेवाको भावना भन्ने नाराका साथ कतारमा सन् २००५ मा स्थापना भएको संस्थाले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।
कार्यक्रममा कतारमा स्थापित संघसस्थाका अध्यक्ष तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा कलाकार लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो । नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले रतदान गरेर सुरु भएको कार्यक्रममा स्याङ्गजा सहयोग समाजका अध्यक्ष प्रकाश परियारले अन्तिम रक्तदान गरेर कार्यक्रम सप्पन्न भएको थियो ।

