– राज कुमार लिम्बू
मोरङ । डिवि लिम्बुका पा:लाम ‘मिम्जी पान्हा’ र हाक्पारे ‘ए आनि ग’ एकसाथ दर्शकमाझ आउने भएका छन् । डिबी लिम्बू र धनमाया माङ्देनको स्वर रहेको पा:लाम ‘मिम्जि पान्हा’ सार्वजनिक भइसकेको छ भने उनको एकल आवाज रहेको ‘ए आनि ग’बोलको पहिलो हाक्पारे चाडै बजारमा ल्याउने तयारी भैरहेको छ ।
पछिल्लो समय पा:लाम गायकका रुपमा परिचित हुँदै आईरहेका लिम्बू धरानमा सांगीतिक भविष्य खोजिरहेका छन् । उनले निरन्तर रुपमा एक पछि अर्को पालाम रेकर्ड गराउदै आइरहेका छन् । विगत दुई दशक यता सांगीतिक क्षेत्रमा संर्घष गर्दै आईरहेका लिम्बुको विभिन्न विधाका दर्जनौं गीतहरु बजारमा आईसकेका छन् ।
‘मिम्जि पान्हा’ बोलको पा:लाममा शब्द धनमाया माङ्देनको रहेको छ भने छायांकन शिरकुमार साम्पाङले गरेका छन्। लिम्बू भाषामा ‘मिम्जि पान्हा’ भन्नाले मायाका कुरा भन्ने अर्थ लाग्छ। यस पा:लामको संयोजन टेकेन्द्र यक्सोले गरेका छन् भने सम्पादन वसन्त राईले गरेका हुन् । यस पा:लाममा डिबी लिम्बू र धनमाया माङ्देनसँगै सहयोगीका रुपमा कुसल थलङ र ललिता केदेमको पनि स्वर सुन्न सकिनेछ।
उक्त पा:लाम मेन्छ्यायेम दर्पण युटुव च्यानलबाट सार्वजनिक भएको हो । मिम्जि पान्हा पा:लाम सार्वजनिक भएसँगै डिबी लिम्बुको अर्को ‘ए आनि ग’ बोलको पहिलो हाक्पारे चाडै बजारमा आउने भएको छ। उक्त हाक्पारेको सबै कार्य सम्पन्न भई अन्तिम तयारीमा रहेको जानकारी गायक डिबी लिम्बुले दिएका छन् । हाक्पारेमा चित्र वनेमको शब्द रहेको छ भने निर्देशन मदन वनेमले गरेका छन् ।

डिबी लिम्बुको एकल स्वर रहेको उक्त हाक्पारेको भिडियोमा सिद्धिमान वनेम, सरिता कङ्दङ्वा वनेम, डिवि लिम्बू, कुसल थलङ, देबेन्द्र हुक्पा चोङ्वाङ, दिनेश वनेम, विनु वनेम, रुद्र नेपाली लगायतको अभिनय रहेको लिम्बुले जानकारी दिएका छन् । उक्त हाक्पारेको भिडियोको छायांकन तथा सम्पादन प्रेम वनेम र तेज आङ्बुहाङ्ले गरेका छन्।