November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

यस बर्षको पहिचान पुरस्कार ‘गुरु’ उपन्यास र ‘सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’ लाई

4.7K

प्रकाश दिप्साली

काठमाडौं । पहिचान पुरस्कार कोषले २०७८/२०७९ को पहिचान पुरस्कार अर्जुनबाबु माबोहाङ र अमित थेवे मिहाङद्धारा सङ्कलित ‘सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’ र कविता राईको ‘गुरु’ उपन्यासलाई संयुक्त रुपमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

लालीगुराँस नगरपालीकाको नगर प्रमुख समेत रहेका अर्जुनबाबु माबोहाङ लिम्बु जातीको विषयमा खोज अनुसन्धान गर्छन् । विषेश गरी मुन्धुमको जीवन दर्शनलाई नजिकबाट अध्ययन गर्छन् । उनी मुन्धुम दर्शनको अध्यता हुन् । अमित थेवे मिहाङ हाल रोजगारीको लागि वेलायतमा रहेका छन् । उनी युवा कवि हुन् तथा पत्रकार साथै सामाजीक अभियान्त हुन् । माबुहाङ र थेबेको संकलन र लेखनमा प्रकाशित भएको पुस्तक हो, ‘सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’ । यो महत्वपूर्ण दस्तावेज हो । जसलाई उनीहरुले आम समाजमा उपस्थित गराएका छन् । आफ्नो मातृभाषालाई आफ्नै लिपिमा लेखिनु उ बेला सामान्य विषय थिएन । मातृभाषा र लिपिको संरक्षण गरिएको ऐतिहासिक दस्तावेज पनि हो । धरानको विजपुरमा क–कस्ले राज्य गर्‍यो र सेनवंशीहरुको उदय कसरी भयो भन्ने विषय यस पुस्तकमा आएको छ ।

Advertisement

कविता राई शिक्षक हुन् । काठमाण्डौं भन्दा धेरै टाढा भोजपुरको एक स्कूलमा पढाउँछिन् । साथै कविता र आख्यान लेखछिन् । गुरु उपन्यास सरल गाउँले जनजिब्रोमा जोडिएको भाषा शैलीमा लेखिएको छ । विशेष गरी जनयुद्धको विषयलाई वादी र प्रतिवादी नभई लेखिएको छ । पुर्वी पहाडदेखि पश्चिम लमजुङको दुरा डाँडासम्मको कथा र कथाका पात्रारु जोडिएका छन् ।

संस्थाले जनाए अनुसार, चैत्र ४ गते भोजपुरको चखिया डाँडामा पुरस्कार वितरण गरिने छ । गतसाल पनि चखियामा चैत्र ४ गते नै पुरस्कार प्रदान गरिएको थियो । चैत्र ५ गते एक दिने ‘काब्य मुन्दुम पथ यात्र’ गर्ने तालीका तय गरेको छ । उक्त यात्राको लागि आउने पाहुनाहरुलाई खान र बस्नको लागि निशुल्क ब्यावस्था गरिने संस्थाले जानकारी गराएको छ ।