November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सन्दीप लामिछानेको निवेदनमाथि पेशी तोकियो

1.4K

काठमाडौं । नाबालिग बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतले थुनामा राखेर अनुसन्धान अगाडि बढाउन दिएको आदेशविरुद्ध उच्च अदालत पुगेका सन्दीप लामिछानेको निवेदनमाथि आज विहीबार पेशी तोकिएको छ।

पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश विरुद्ध लामिछानेका कानुन व्यवसायीले गत मंसिर २९ गते दर्ता गरेका मुद्दाको पेशी आजका लागि तोकिएको हो।

पेशीको पालो आएमा थुनामा राखेरै मुद्दा अगाडि बढाउने वा धरौटीमा रिहा गर्ने भन्ने विषयमा आदेश हुनसक्नेछ । आफू निर्दोश भएको दाबी गर्दै आएका उनले भने बाहिरै बसेर पनि अनुसन्धानलाई सहयोग गर्ने जिकिर गरेका थिए ।

Advertisement