काठमाडौं–नेपाल विद्यार्थी संघले अघोषित लोडसेडिङ बन्द गर्न विद्युत प्राधिकरणसँग माग गरेको छ।
अधितकतम माग (पिक लोड) गत वर्षभन्दा कम हुँदा पनि आपूर्तिमा समस्या आएकोप्रति संघले ध्यानाकर्षण गराएको छ। दैनिक ५ पटकसम्म आपूर्ति अवरुद्ध हुँदा अनलाइन कक्षा लिएका विद्यार्थीलाई असर परेको संघले जनाएको छ।
विद्यार्थीले भोगिरहेको जटिल समस्याको समाधानका लागि विद्युत आपूर्ति सहज बनाउन संघका महामन्त्री बलदेव तिमल्सिनाले सरकारसँग माग गरेका छन्।