November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

शिक्षामा जोड दिए स्वतः विकास हुन्छ– प्रदेश प्रमुख खापुङ

2.3K

मोरङ । प्रदेश नम्बर–१ का प्रमुख परशुराम खापुङले शिक्षामा जोड दिए स्वतः विकास हुने बताए । मोरङको उर्लाबारी–२, मंगलबारेस्थित सुनपकुवा माध्यमिक विद्यालयको स्वर्ण महोत्सव तथा ६६ औं वार्षिकोत्सवलाई उद्घाटन गर्ने क्रममा प्रदेशप्रमुख खापुङले कुनैबेला आफू पनि शिक्षक पेशामा रहेको स्मरण गर्दै शिक्षालाई विशेष जोड दिए स्वतः विकास हुने बताएका हुन् ।

प्रदेश प्रमुख खापुङले सबैले एकैखालको शिक्षा पाउनुपर्नेमा जोड पनि दिएका थिए ।

कार्यक्रममा नवनिर्वाचित प्रदेश सांसद उमाकान्त गौतम, उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौड्याल, राधिका माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार पोखरेल, उर्लाबारी नगरपालिका वडा नं. २ का वडाध्यक्ष कुमार कँडेलले पनि मन्तव्य राखेका थिए ।

Advertisement

कार्यक्रममा स्कुललाई उच्च माविसम्म बनाउन सहयोग पु¥याउनेलाई सम्मान तथा विद्यालयको स्मारिका विमोचन पनि प्रदेश प्रमुखबाट भएको थियो ।

विभिन्न सांस्कृतिक कार्यक्रमसहित रहेको कार्यक्रम मंसिर २६ गतेसम्म रहनेछ ।