November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

संसद पुनःस्थापनाको सम्भावना छैन : प्रधानमन्त्री ओली

3.6K

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनःस्थापनाको सम्भावना नरहेको बताएका छन्।

बबरमहलस्थित कार्की ब्यांकेटमा आयोजित राजधानीमा उपलब्ध सदूरपश्चिमका नेता तथा कार्यकर्ताहरूको प्रादेशिक भेलालाई सम्बोधन गर्दै ओलीले संविधानतः नै विघटित संसदको पुनःस्थापना गर्न नमिल्ने बताएका हुन्।

‘उहाँहरू (प्रचण्ड-नेपाल पक्ष) संसद पुनःस्थापना हुन्छ भन्दै हल्ला गरिरहनुभएको छ तर पुनःस्थापित गर्न संविधानले नै मिल्दैन‚’ प्रधानमन्त्री ‌ओलीले भने‚ ‘अहिले को कता छ थाहा भएन। जब मैले सिफारिस गरेँ। त्यतिबेला मसँग ६४ प्रतिशत मत थियो। ५१ प्रतिशत नभई सरकार बन्दैन। ३४ प्रतिशतले सरकार बनाउन सक्दैन। त्यसैले संसद पुनःस्थापनाको सम्भावना छैन।’

Advertisement