November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपालले यूएईलाई ३ विकेटले हरायो

२०७९ कार्तिक ३०

1.8K

काठमाडौं । नेपालले यूएईविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत दोस्रो खेलमा जित निकालेको छ । बुधबार । त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो एकदिवसीय खेलमा नेपालले यूएईलाई ३ विकेटले हराएको हो ।

यूएईले दिएको १९२ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ५ बलमा ७ विकेट गुमाउँदै १९३ रन बनायो । नेपालका लागि गुलशन झाले ३७, कुशल भुर्तेलले ३५, दिपेन्द्रसिंह ऐरिले ३२ तथा आरिफ शेखले ३३ रन बनाए । । आरिफ शेख र गुलशन झाले अर्धशतकीय साझेदारी गरेपछि नेपालले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा यूएईलाई ३ विकेटले पराजित गरेको हो । नेपालले १ सय ९२ रनको लक्ष्य ४७.५ ओभरमा पुरा ग¥यो ।

यूएईका लागि रोहन मुस्तफाले तीन विकेट लिए । त्यस्तै साविर अलीले दुई विकेट लिँदा बसिल हामेदले एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ४३ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १९१ रन बनाएको थियो । यूएईका लागि मोहमद वसिमले ५० रनको अर्धशतकीय पारी खेले । ४६ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै अलिसान सरुफले ३५ रन बनाउँदा अरविन्दले २५ तथा बसिल हामेदले २४ रन बनाए ।

Advertisement

नेपालका लागि बलिङतर्फ सोमपाल कामी र ललित राजवंशीले तीन–तीन विकेट लिए । त्यस्तै करन केसी, गलशन झा, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले एक–एक विकेट लिए ।

यो नतिजासँगैं नेपालले तीन खेलको शृंखला १–१ बराबरीमा ल्याएको छ । पहिलो खेलमा नेपाल ८४ रनले पराजित थियो । तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ ।