November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

मकवानपुरका युवाहरु एकीकृत समाजवादी प्रवेश

२०७९ कार्तिक ३०

1.9K

मकवानपुर । मुख्यमन्त्री समेत भएका एमाले नेता डोरमणि पौडेलको वडाका युवाहरू नेकपा एकीकृत समाजवादीमा समाहित भएका छन् । स्थानीय तहको चुनावमा एमालेसँग विद्रोह गरी स्वतन्त्र चुनावी अभियानमा होमिएका हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ का युवाहरु मंगलबार एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

एमालेसँग विद्रोह गरी स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारी अभियानमा सक्रिय भई मन जिन्त सफल युवाहरुलाई आफ्नै पार्टी कार्यालयमा एकीकृत समाजवादीले अबिर तथा खादासहित स्वागत गरेको हो । एमालेको भातृ संगठन युवा संघको मकवानपुर जिल्ला सदस्य सोविन उप्रेती, सुमन बर्तौला लगायत युवाहरुको टोली नेकपा एकीकृत समाजवादीमा आबद्ध भएका हुन् ।

यस्तै, राजेश बर्तौला, हिमाल बर्तौला, समीर बर्तौला, सुमीत बर्तौला, गणेश पण्डित, निरञ्जन बर्तौला, मनोज गुबाजु, विनेश भण्डारी, विष्णु सञ्जेल, प्रकाश सञ्जेल लगायत संयौंको संख्याका युवालाई पार्टीका केन्द्रिय सदस्य एवम् मकवानपुर इन्चार्ज सूर्यचन्द्र न्यौपाने, केन्द्रिय सदस्य एवम् सह इन्चार्ज मुनु सिग्देल लगायतले स्वागत गरे ।

Advertisement

पार्टी प्रवेश कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य एवम् सहइन्चार्ज न्यौपानेले एमाले अध्यक्ष केपी ओलीको गतिविधि राजाको जस्तो हुन थालेको टिप्पणी भने, ‘एमालेले कुनै हालतमा जनपक्षीय काम गर्दैन ।’ न्यौपानेले भने, ‘कमल थापालाई सूर्य चिन्ह बिक्री गर्ने ओली राजाजस्तो भूमिकामा छन् । उनको व्यवहार कम्युनिष्टसँग मेल खादैन ।’ अब एमालेलाई जिताउन थालियो भने फेरि नेपाली राजनीतिमा दुःखका दिन सुरु हुने भएकाले बिर्सिएर पनि एमालेमा मत जान नहुने न्यौपानेको तर्क छ । उहाँले हेटौंडा ११ मा डोरमणि पौडेलको अत्याचारले आजित भएकाहरुको विद्रोहले कम्युनिष्ट आन्दोलन तथा परिवर्तनका लागि सघाउ पुग्ने अपेक्षा पनि व्यक्त गरे ।

यस्तै, पार्टी केन्द्रिय सदस्य एवम् मकवानपुर सह इन्चार्ज सिग्देलले ओलीले पार्टीलाई मुठ्ठीमा लिएर कम्युनिष्ट चरित्र खत्तम गरेकाले त्यस्तो पार्टीबाट आफूहरुले विद्रोह गर्नुपरेको बताउँदै ‘कम्युनिष्ट आन्दोलन बचाउनका लागि आफैँले दुःख गरेर निर्माण गरेको पार्टीबाट विद्रोह गरी नयाँ पार्टी बनाइएको हो ।’ उनले भने,‘ संविधान जोगाउन र प्रतिगमन परास्त गर्नका लागि हामी अहिले गठबन्धनमा छौं ।’ नेतृ सिग्देलले युवाहरुलाई उचित अवसर प्रदान गरिनुपर्ने तर्क गर्दै पार्टीले युवाका योजना बनाई अगाडी बढ्ने बताएन् ।