November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

मन्त्री हुँदा जीवन घिमिरे: निजी घर भाडामा दिएर सरकारी क्वाटरमा मस्ती

२०७९ कार्तिक २९

2.1K

विराटनगर । प्रदेश सरकारका अहिलेका वहालवाला तीनजना मन्त्री निजी निवासबाटै मन्त्रालय धाउँछन् । राजधानी आसपास घर भएकाहरुलाई सरकारले सरकारी आवासको सुविधा दिएको छैन् । बहालमा रहेका प्रदेश एकका स्वास्थ्यमन्त्री जयराम यादव, आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की र संचार तथा यातायात मन्त्री उपेन्द्र घिमिरे निजी निवासबाटै मन्त्रालय धाईरहेका छन् ।

तर, प्रदेशमा प्रतिनिधित्व गर्ने अनि राजधानीभित्रै दुईवटा घर भएका एकजना मन्त्रीले भने सरकारले नदिएको सुविधा जर्बजस्ती लिएर सरकारी खर्च बढाई दिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार घरमर्मत, घेराबारा, सुरक्षा व्यवस्था मिलाउने, खानपान, पुननिर्माणका लागि प्रदेश सरकारले लाखौं रकम खर्च गर्नु परेको थियो ।

विवादित तत्कालीन सामाजिक विकासमन्त्री जीवन घिमिरेले निजी घर चर्चलाई भाडामा दिएर आफू भने सरकारी निवासमा बसेर सरकारी सम्पत्तीको दुरुपयोग गरेका हुन् । घिमिरेको आलेसान चार तले घर विराटनगरको महेन्द्र चौकबाट थोरै पश्चिम पर्छ । उनको अर्को घर विराटनगर वडा नम्बर ८ मा पर्छ । तर घिमिरेले दुबै घर घाडामा दिएर आफू भने सरकारी निवासमा बसेका हुन् ।

Advertisement

सामाजिक विकास मन्त्रालयमा त्यसबेल कार्यरत एक अधिकृतले भने,‘हामीले मन्त्री ज्यूलाई निजी निवास महेन्द्र चौक पश्चिमपट्टी रहेकोले त्यहीँबाट पनि मन्त्रालय आउजाउ गर्न सकिन्छ अथवा अर्को घरबाट आउँदा पनि हुन्छ भन्नेसम्मको सुझाव दिएका थियौं तर उहाँले पुष्पलाल चौक मास्तिरको सरकारी निवासमै बस्छु भन्दै उतै लाग्नुभयो ।’

घर भएर पनि मन्त्रीले सरकारी निवास प्रयोग गर्दा त्यहाँ अतिरिक्त खर्च बढ्न पुगेको थियो । भान्सेको पारिश्रमिकसमेत आधामात्र दिएर बाँकी आफैले राख्ने गरेको विषयमा उतिबेलै टिकाटिप्पणी भएको थियो । आवास दुरुपयोेगको गुनासो तत्कालीन मुख्यमन्त्री शेरधन राईसमक्ष पनि पुगेको थियो तर घिमिरेले निवास छाड्न मानेनन् । बरु दुबै घरको भाडा पनि अशुल गरे अनि सरकारी खर्च पनि लिए । महेन्द्र चौक नजिकैको घर भने घिमिरेले क्रिस्चियनहरुको चर्चलाई भाडामा दिएका छन् । यो विषयमा प्रदेश राजधानीका बासिन्दा समेत बेखबर छन् ।

घिमिरेको विराटनगर महानगरस्थित आलिसान महल अहिले पनि भाडामै छ । तर, उनी भने खार्जीमा अवस्थित सीप विकास तालिम केन्द्रको सरकारी भवनमा आवास बनाएर शानदार ढंगले बसेका थिए । त्यहाँ अहिले प्रदेश प्रमुखको निवास बनाइएको छ । अहिले प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र राईले निजी आवासको सुविधा नलिएर कोसी प्रोजेक्टको सरकारी क्वार्टरमा सामान्य हिसाबले बसिरहेका छन् ।