काठमाडौं । मंसिर ४ मा हुनगैरहेको मतदानको पूर्व सन्ध्यामा नेकपा (एकीकृत समाजवादी) प्रति युवाहरूको आकर्षण बढ्दो छ । मंगलबार मात्र नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालको प्रमुख आतिथ्यतामा चन्दागीरी नगर क्षेत्रका सैयौँ युवाहरु पार्टीमा प्रवेश गरेका छन् । सो क्षेत्रका धिरेन्द्र शेर्पाको नेतृत्वमा पार्टी प्रवेश गरेका युवाहरुलाइ महासचिव डा.भुसालले टिका र खादा लगाएर स्वागत गरे ।
कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा बागमती प्रदेशका अध्यक्ष साबित्रा भुसाल प्रदेशसभा २ का उममेदवार रमा आलेमगर र प्रदेश सदस्य तथा प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार प्रलाद कार्की युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष नितेश पौडेल लगायत नेताहरुको उपस्थिति भएको थियो । कार्यक्रमको सभापतित्व राजाराम कार्कीले गरेको भाईकृष्ण वलामीले जानकारी दिए ।
यसै हप्ता मात्र विभिन्न समुहहरुबाट पटकपटक गरेर सयौँ युवाहरु एकीकृत समाजवादीमा प्रवेश गरेका छन् भने नेकपा समाजवादी माओवादीका केन्द्रीय सचिव व्रह्माण्ड सहित देशैभरका ४ सय ६९ जना नेता तथा कार्यकर्ताहरु एकीकृत समाजवादीमा समाहित भएका थिए ।