November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेकपा अध्यक्ष बनेपछि माधव नेपालको पहिलो सन्देश

4K

काठमाडौं- माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षको रुपमा पहिलो पटक सन्देश जारी गरेका छन्।

बुधबार नेता नेपालले अध्यक्षकै रुपमा तमु ल्होसार, उधौली पर्व, योमरी पुन्ही (ज्यापू दिवस) तथा धान्य पूर्णिमा, २०७७ को शुभकामना व्यक्त गरेका हुन्।

‘नेपालका विभिन्न समुदायहरुले मनाउने सांस्कृतिक पर्वहरु नेपालीका पहिचान हुन्। विभिन्न जातजाति र समुदायहरुको साझा फूलबारीको रुपमा रहेको नेपालमा यस प्रकारका चाडपर्वले सामाजिक सदभाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्न ठूलो योगदान गरेका छन्’, नेपालको शुभकामना सन्देशमा भनिएको छ।

Advertisement

२०५० सालमा मदन भण्डारीको निधन भएपछि नेपाल तत्कालीन नेकपा एमालेको महासचिव बनेका थिए। २०६४ चैतमा सम्पन्न पहिलो संविधानसभाको चुनावमा पार्टी पराजित भएपछि उनले पदबाट राजीनामा दिएका थिए। त्यसपछि सम्पन्न एमालेको महाधिवेशनबाट पार्टीले बहुपदीय प्रणाली अपनाएको थियो। झलनाथ खनाल अध्यक्ष भएका थिए। त्यसपछि उनी पार्टी नेतृत्वमा पुगेका थिएनन्।