पाँचथर । पछिल्लो समय पुरी धरानमा सांगीतिक क्षेत्रमा भविष्य खोजिरहेका डी.बी लिम्बू निरन्तर रुपमा एक पछि अर्को पालाम रेकर्डिङ गर्दै आइरहेका छन् । विगत दुई दशक यता सांगीतिक क्षेत्रमा संर्घष गर्दै आईरहेका लिम्बुको विभिन्न विधाका दर्जनौं गीतहरु बजारमा आईसकेका छन् ।
लिम्बू जातीहरुको संस्कृति झल्काउने पालाम ‘सेरिलाबे’ म्युजिक भिडियो केही दिनमै सार्वजनिक हुने भएको छ ।
डी.बी लिम्बू सँगै धनमाया योङ्हाङको सुन्दर आवाजमा सजिएको उक्त पा:लाममा मोति मेन्याङ्बोको शब्द रहेको छ भने लय धनमाया योङ्हाङ कै रहेको छ।
पुर्वमा लिम्बू जातीहरुले मात्र नभएर अन्य जातीहरुले पनि पालाम सुन्दै र गाउदै आईरहेको देख्न सकिन्छ। विशेष गरेर लिम्बू संस्कृतिमा पा:लाम सोल्टी सोल्टिनीबीच भेटघाट हुँदा पा:लाम कै माध्यमबाट चिनजान हुने साथै मनको बह पोख्ने, कुनै शुभ कार्यमा धान नाच्ने पा:लाम गाउने प्रचलन रहँदै आएको छ ।
‘सेरिलाबे’ पा:लामलाई एरेन्ज राजु कार्कीले गरेका हुन् भने म्युजिक मिडिया धारानमा रेकर्डिङ गरिएको हो। भिडियोको छायांकन शिर कुमार साम्पाङ र परिकल्पना तथा भिडियो निर्देशन मदन वनेमले गरेका हुन्। पा:लामको भिडियोको निर्माता मकर मेघा हुन्।