काठमाडौं । निङ्वासुम भाग–८ सार्वजनिक भएको छ । यसअघि भाग भाग–७ सम्म ल्याइसकेकी रीता फोम्बो ठूलीले ‘मिम्जिरेन् पान हा’ दर्शकमाझ ल्याएकी हुन् ।
बेलायतलाई कर्मथलो बताएकी ठूलीले लिम्बु याक्थुङ संस्कार तथा संस्कृतिबारे काम गर्दै आइरहेकी छिन् । ‘निङ्वासुम’लाई ब्राण्डको रुपमा स्थापित गरेकी उनले यहि ब्राण्डबाट निरन्तर भिडियोहरु आउने बताइन् । भाग ९ र १० पनि तयारी अवस्थामा रहेको र चाडै नै दर्शकमाझ आउने पनि उनले जाकारी दिइन् । ‘भिडियोको छायांकन सकिएको छ, चाडै नै दर्शकमाझ आउने छ ।’, ठूलीले जानकारी दिइन् । निङ्वासुमको अर्थ सम्झना आउने रहेको बताउदै आफ्नो संस्कार र संस्कृतिको सम्झना र सहयोग स्वरुप निङ्वासुमलाई एउटा ब्राण्डको रुपमा स्थापित गरेको उनले बताइन् । ‘सकेसम्म जति गर्न सक्छु गर्नेछु ।’, उनले थपिन् ।
ठूलीको शब्द तथा लय संकल रहेको यस पाःलाममा दुर्गा तुम्सा लिम्बु र सुमन लिम्बुले आवाज भरेका छन् । तुम्सा अन्तराष्ट्रिय अनलाइन पाःलाम प्रतियोगिताको उत्कृष्ट २० मा परेकी थिइन् । यस्तै, जीवन केदेम र निरन्ता नेम्बाङले पनि कोरसमा साथ दिएका छन् । उक्त पाःलामको संगीत संयोजन मनोज साङ्सोन राईले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका छन् ।
भिडियोमा पुष्पाञ्जली तिल्लिङ मादेन, जीवन केदेम, दीप केरुङ, रीता फोम्बो ठूली, शैलेन्द्र नाल्बो, सीता फोम्बो, रबी किरण, हरी कुमारी लिम्बु, ज्योति कला, दुर्गामाया फोम्बोको अभिनय रहेका छन् ।
तेह्रथुमको पोक्लाबाङ, चिचिलिङ पोखरी, जिरिखिम्ति आम्फुवा, चित्रे, बसन्तपुरको चोत्लुङ पार्क लगायत स्थलहरुमा छायांकन भिडियोलाई चर्चित निर्देशक हाङ चेम्जोङले निर्देशन गरेका हुन् । यस्तै, भिडियाको छायांकन तथा भिडियो सम्पादन इशाक जबेगु र श्रृङ्गार सञ्जु थलङले गरेका हुन् । भिडियो रीता फोम्बो ठूली युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।