पान्थर । पुर्वेली गीत ‘पान्थर सिलौटी’ को छायांकन सम्पन्न भएको छ । हाङ चेम्जोङद्धारा निर्देशित यस भिडयोलाई पान्थरको सिलौटी, साधुटार, कुहिभीर, सुकेपोखरी पौवा भन्ज्याङ्, लाब्रेकुटी, तमोर माझिटार, र फिदिम बजार लगायतको सुन्दर ठाउँहरुमा छायांकन गरिएको हो ।
वियोगी काँइलाको शव्द संकलन, पदम राजन मगरको संगीतमा रहेको यस गीतलाई कृष्णभक्त्त राई र सुनिता थेगिमले आवाज भरेका छन् । गीत सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
उक्त गीतमा निवा नेम्बाङको कोरियोग्रफी र इसाक जबेगुको छायांकन रहेको छ भने आशिष सुब्बा, नितु मादेन, श्रद्धा मादेन, अलिना नेम्बाङ, नुमा नेम्बाङ, सरिना तामाङ, बिबेक हाङ्श्रोम्बा, संजोक राई, प्रकाश रम्तेल र लेञ्जो लिम्बु लगायतको उक्त भिडियोमा अभिनय देख्न सकिनेछ । यस्तै, श्रृङ्गार सोम मग्रातीको रहेको छ ।
भिडियो छायांकनको सम्पूर्ण काम सकिएको हुँदा चाडै नै दर्शकमाझ आउने निर्देशक हाङ चेम्जोङले जानकारी दिए ।