November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

४२ बर्ष पछि निर्दाेष सावित भएका २ जनालाई न्युयोर्कमा ३६ मिलियन डलर क्षतिपूर्ति

२०७९ कार्तिक १५

3.5K

न्यूयाेर्क । नागरिक अधिकार नेता माल्कम एक्सको हत्याको अभियोगमा दोषी ठहर भएर दशकौं जेलमा बिताएपछि अहिले  निर्दोष ठहर भएका २ जनालाई ३६ मिलियन डलर क्षतिपूर्ति दिइने भएको छ ।

न्युयोर्क सिटीले नर्मन बटलरका रुपमा चिनिने मुहम्मद ए अजिज र  थोमस जोन्सनका रुपमा चिनिने खलील इस्लाम (मृत्युपर्यन्त) लाई १९६६ मा भएको हत्यामा निर्दोष ठहर गर्दै २६ मिलियन डलर क्षतिपूर्ति दिने भएको छ । यो रकम अजीज र इस्लामलाई बराबर दिइने भएको छ ।

त्यस्तै न्युयोर्क राज्य पनि अजिज र इस्लामलाई पाँच पाँच मिलियन डलर क्षतिपूर्ति तिर्न सहमत भएको छ । यो सहमतिले मुहम्मद अजीज र खलील इस्लामको निर्दोषता भएको स्वीकार गरेको छ ।

Advertisement

गलत रुपमा निर्दोषलाई दोषी ठहर गर्दा हुने क्षतिलाई कहिल्यै पूर्ति गर्न नसकिने तर यसको लागि सत्यको सामना गर्ने क्रममा जीवन ध्वस्त भएका मानिसहरूहरुप्रति ऋणी रहेको वकिल डेभिड सानिसले बताए ।

न्युयोर्क सिटीको कानून विभागका लागि स्टाफका उपप्रमुख स्टेफन मुकलालले आफ्नो कार्यालय म्यानहटनका पूर्व जिल्ला न्यायधिवक्ता साइरस आर भान्स जूनियरको अजिज र इस्लामलाई गलत रूपमा दोषी ठहराइएको निष्कर्षसँग सहमत भएको बताएका छन् ।

अजिज र सन् २००९ मा मृत्यु भएका इस्लामले आफूले नगरेको अपराधका लागि ४२ बर्ष जेलमा बिताएका थिए । यो जोडीलाई जुरीले म्यानहटनको अडुबोन बलरूमको स्टेजमा माल्कम एक्सको हत्यामा निर्दोष ठहर गरेपछि नोभेम्बरमा निर्दोष रहेको निष्कर्ष निकालिएको थियो ।