काठमाडौं । लक्ष्मीपूजाको राति अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी भएको छ । उनको घरमा राति ९ देखि १० बजेको समयमा चोरी भएको हो ।
प्रियंकाको भैसेपाटीस्थित घरमा लक्ष्मीपूजाको दिन राति चोरी भएको ललितपुर प्रहरी प्रवक्ता एसपी सुधीरराज शाहीले बताए ।
चोरले लक्ष्मीपूजा गर्न निकालिएको ३० हजार नगद र करिब ५ तोलाजति सुनका गरगहना चोरी गरेको एसपी शाहीले बताएा ।
प्रियंका र आयुष्मान लक्ष्मीपूजा सकेर खाना खान बाहिर गएको समयमा चोरी भएको हो । प्रहरीले चोरीमा संलग्न हुने व्यक्तिलाई पक्राउ गर्ने तयारी भइरहेको जानकारी दिएको छ ।