November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

संविधानमाथि केपी ओलीले कु गरे: अष्टलक्ष्मी शाक्य

3.4K

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्दै नेकपा प्रचण्ड–माधव समूहले काठमाडाैंमा विरोध सभा गरिरहेको छ।

कार्यक्रममा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले २०६२/६३ को जस्तै विरोध गर्नुपर्ने बेला आएको बताएकी छन्।

उनले भृकुटी मण्डपमा बोलेको भाषणा जस्ताको त्यस्तै

Advertisement

हामीलाई लागेको थियो हामीलाई गणतन्त्र आयो लोकतन्त्र आयो संघीयता आयो भनेर हामीलाई लागेको थियो। हामीले संविधान बनाएपछि सुशासन कायम हुन्छ। देश अघि बढ्छ भन्ने लागेको थियो। जुन ढंगले हामीलाई जनताले भोट दिएका थिए। हामीले त्यसैअनुसार सम्मान पाएका थियाैं। हामीले केपीलाई गणतन्त्रको प्रधानमन्त्री बनाएका थियाैं। सबै कुरा अब लोकतन्त्र सुदृढ हुन्छ भन्ने लागेको थियो। जनताले दुख पाउँदैनन् भन्ने लागेको थियो। तर आज संघीय लोकतन्त्रमाथि केपी ओलीले संविधानमाथि कु गरे। जनताको अधिकार खोसे। त्यसविरुद्ध केपी लागे।

आजैदेखि केपीविरुद्ध लागेका छाैं। जबसम्म संघीयल लोकतन्त्र आउँदैन तबसम्म सडक आन्दोलन गरिरहन्छाैं। केपी ओली जनताको अधिकार खोस्न लागे। कमरेड केपी ओली हैन सर्वसत्तावादी केपी ओली भए। हामीले खुट्टा कमाउनुपर्ने छैन। कतै अलमलिने छैन। संकल्पसाथ अघि बढ्छाैं। कस्ता कस्ता शासक त ढले सर्वस्तावादी केपी ओली पनि ढल्नेछन्। देशमा गणतन्त्र आएको छ। श्रमजीवी जनताले सम्मान पाउनेछन्। महिलाले सुरक्षाको ग्यारेन्टी पाउने लागेको थियो। तर त्यस्तो भएन। 

उनले भाषणको सबै समय प्रधानमन्त्री केपी ओलीको विरोध र उनको आलोचनामा समय खर्चिएकी थिइन्।