November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

मेयर हर्क साम्पाङको श्रमदानस्थलबाट ‘मरिलानु के छ र’ म्युजिक भिडियो सार्वजनिक

3.4K

काठमाडौं । कुसल थलङ लिम्बुको ‘मरिलानु के छ र !’ गीतको भिडियो सार्वजनिक भएको छ । धरानको भालुखोला र सेउती खोलाको संगम स्थलस्थित श्रमदानस्थलबाट भिडियोको सार्वजनिक गरिएको हो ।

भिडियो धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, समाजसेवी तथा गीतकारद्धय मिना सिंगक र सन्तोष थलङले सामुहिक रुपमा सार्वजनिक गरेका हुन् ।

यस गीत पूर्वेली मारुनी भाकामा आधारित रहेको साथै सभासम्मेलनमा गीत तथा म्युजिक भिडियोको विमोचन गरिने परम्परा भन्दा फरक ढंगले विमोचन गर्ने उदेश्यले श्रमदानस्थलबाट विमोचन गरिएको गायक थलङले बताए । विमोचन शुल्क बराबरको रु २५ हजार हर्क साम्पाङको श्रमदान अभियानलाई प्रदान गरेको पनि थलङले जानकारी दिए । अभियानमा सहयोग पुगोस् भन्ने उदेश्यले उक्त सहयोग प्रदान गरिएको ‘मरिलानु के छ र !’ भिडियो समुहको भनाइ छ ।

Advertisement

भिडियो सार्वजनिक गर्दै मेयर हर्क साम्पाङले श्रमदान अभियानमा कलाकर्मीहरुको उपस्थितिले अझ हौसला बढेको बताए । गायक कुसल थलङलाई धेरै समय अघिदेखि चिन्ने गरेको र मन पर्ने गायक भएको हुँदा यसरी उनको उपस्तिथी र सहयोग प्राप्त हुदा खुशी भएको पनि बताए । यस उपस्थितिले थप उर्जा मिलेको उनको भनाइ थिो ।

पछिल्लो समय गायक तथा नायक कुसल थलङ धरानमा रहेर गीतसंगीत क्षेत्रमा काम गरिरहेका छन् । उनले भाषिक, लोक आधुनिक लगायत विभिन्न विधाका करिब ३ सय गीतमा स्वर दिइसकेका छन् ।

पूर्वेली मारुनी भाकाको ‘मरिलानु के छ र !’ गीतको शब्द तथा संगीत धन पूर्ण लिम्बु र संगीतसंयोजन अशोक लोहोरुङ राईको रहेको छ । यस गीतलाई करिब १२ वर्ष अघि नै अहिलेकी चर्चित गायिका श्रेयसी चेम्जोङले बालकलाकार रहँदै गाएकी थिइन् ।

झापाको विर्तामोड, दोमुखा, माइधार लगायतको विभिन्न स्थानहरुमा छायांकन गरिएको यस गीतको भिडियोलाई दिनेश माङ्मुले निर्देशन गरेका हुन् । भिडियोमा भरतमणी चोङ्बाङ् (भरु पल), दीपना राई, सुमन अधिकारी, सोनु मेन्याङ्बो, तेज मेन्याङ्बो, करिश्मा क्षत्री र कुसल थलङको भूमिका देख्न सकिन्छ । यस्तै, भिडियोको छायांकन भुपेन्द्र तुम्बाहाम्फे र सम्पादन अनिल रानाले गरेका हुन् भने श्रृङ्गारमा महेश सिग्देल रहेका छन् ।

भिडियो कुसल थलङ अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।