November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

लेवान्डोस्कीको गोलमा बार्सिलोनाको जित

1.8K

काठमाडौं । रोबर्ट लेवान्डोस्कीले गोल गर्ने क्रमलाई निरन्तरता दिएको खेलमा बार्सिलोनाले ला लिगा फुटबलमा सहज जित निकालेको छ । 

आईतबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिको विल्बाओलाई ४–० गोल अन्तरले हराएको हो । 

लेवान्डोस्कीले ला लिगाका ११ खेलमा १२ गोल गरेका छन् । उनले बार्सिलोनाको जितमा तेस्रो गोल गरेका थिए । उसमान डेम्बेलेको पासमा उनले तेस्रो गोल थपेका थिए । 

Advertisement

त्यसअघि लेवान्डोस्कीकै पासलमा डेम्बेलेले खेलको १२ औं मिनेटमा बार्सिलोनालाई अघि बढाएका थिए । सर्जी रोबर्टोले बार्सिलोनालाई २–० को अवस्थामा पुर्याएका थिए । फेरान टोरेसले बार्सिलोनाका लागि चौथो गोल गरेका थिए । 

बार्सिलोना जित सहित २८ अंक लिएर तालिकोको दोस्रो स्थानमा यथावत छ । उसको शीर्ष स्थानको रियल मड्रिडसँग तीन अंकले मात्र दुरी कम छ ।