November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

दर्शकको दिल र्चोर्दै ‘दिल चोर्ने मान्छेलाई’

3.4K

काठमाडौं । ‘दिल चोर्ने मान्छेलाई’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मेलिना राई र सिडी विजय अधिकारीको आवाज रहेको छ । अधिकारीकै संगीत, उक्तम खजुमको शब्द तथा रिकेश गुरुङको संगीतसंयोजन रहेको यस गीतलाई स्टुडियो किङमा रेकर्ड गरिएको हो ।

भिडियोको निर्देशन हाङ चेम्जोङले गरेका हुन् । यस्तै, भिडियोमा बिरेन्द्र भाटको छायांकन, सुस्मिता राई र एलिशा मगरको श्रुङगार तथा एक.बी. श्रेष्ठको भान्सा र मनोज कार्कीको सम्पादन र कलर रहेको छ ।

भिडियोमा विमला खजुम र पुर्ण लिम्बुको मुख्य भूमिका रहेका छ भने पार्वती वाइबा, लाप्सन दोङ्, पुजा भट्टराई, तुलसा छेत्री, मुना लामा, जोया मगर, श्वेता मगर, बिनु मोक्तान, रीजा पाख्रिन, लक्ष्मी परियार, पेन्साङ् लामा, लक्ष्मी सुनुवार, सिमा सुनुवार, सुस्मिता थापा, सुस्मिता कार्की र सुनिता थिङले पनि अभिनयमा साथ दिएका छन् ।

Advertisement

विहीबार केसीएन खजुम युट्युब च्यानलबाट सार्वजनिक भएको यस भिडियोलाई दर्शकले रुचाइरहेको निर्देशक हाङ चेम्जोङले बताए ।