November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नारायणकाजी श्रेष्ठले भने– संवैधानिक निकाय कसैको दबाबमा पर्ने छैन भन्नेमा ढुक्क छौं

2.1K

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले संवैधानिक निकाय कसैको दबाबमा पर्ने छैन भन्नेमा आफू ढुक्क रहेको बताएका छन्। संसद विघटनको विरोध सभामा बोल्दै श्रेष्ठले संवैधानिक निकायमा काम गर्ने व्यक्तिहरुले निष्पक्ष र स्वच्छ ढंगले आफ्नो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका हुन्।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेर संवैधानिक, अलोकतान्त्रिक र प्रतिगमन कदम चालेको श्रेष्ठले बताए। ‘हामीले केपी ओलीको असंवैधानिक र प्रतिगामी कमदका विरुद्ध आन्दोलन गरेका हौँ। अरु कसैका विरुद्ध गरेका होइनौँ।

आम जनता र कार्यकर्तालाई भ्रमित नपर्न आग्रह गर्न चाहन्छु‚’ श्रेष्ठले स्पष्ट पार्दै भने, ‘संवैधानिक निकाय र अंगहरुले स्वच्छ ढंगले भूमिका निर्वाह गर्नेछन्। संवैधानिक अंगका व्यक्तिहरुलाई स्वच्छ ढंगले काम गर्ने वातावरणमा काम गर्ने ग्यारेन्टी गर्न पनि आमसभा गरेका छौँ। उहाँहरू कसैको दबाबमा जानुहुने छैन भन्नेमा हामी ढुक्क छौँ। उहाँहरूप्रति सम्मान गर्न चाहन्छौँ।’

Advertisement

असंवैधानिक र आलोकतान्त्रिक कदमका विरुद्ध देशका सबै राजनीतिक पार्टीहरु नेपाली कांग्रेस जनता समाजवादी पार्टीलगायतका पार्टीहरू नागरिक समाज पत्रकार युवा मजदुर विद्यार्थी विरोधका सडकमा आएका छन्।