युएई । युएईमा बलिहाङ तङ्नाम मनाइने भएको छ । नोभेम्बर ६ का दिन वर दुबाईको एस्टोरियास्तिथ होटल याक एण्ड यति एभरेष्टमा बलिहाङ तङनाम मनाउन लागिएको हो ।
युमा साम्यो महासभा युएईको सहयोग, पीपल ट्राभल एण्ड टुर्सको भिसा स्पोन्सर साथै किरात याक्थुङ चुम्लुङ युएई र संघीय लिम्बुवान समाजिक मञ्च युएई संयुक्त रुपमा आयोजना हुन लागेको उक्त कार्यक्रममा ‘दि भोइस अफ नेपाल सिजन २’ का विजेता राम लिम्बु र स्थानीय कलाकारको बेजोड प्रस्तुति रहनेछ ।

नेफिन युएईका अध्यक्ष विजयलक्ष्मी राईको प्रमुख आतिथ्यता रहने उक्त कार्यक्रममा नेपाली समाज युएई साथै नेफिन युएईका ११ जातीय संस्था प्रमुख र जिल्ला सामाजिक संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहनेछ ।
उक्त कार्यक्रममा लिम्बू मौलिक संस्कार, संस्कृति र पहिचानसहितको प्रस्तुति रहने छ । विशेष प्रस्तुतिमा केलाङ, यालाङ (धान) नाचसहित विभिन्न सांस्कृतिक प्रस्तुति रहनेछ ।