November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

एथलेटिक्समा निशा चौधरीको राष्ट्रिय कीर्तिमान

2K

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको १०० मिटर महिला दौडमा लुम्बिनी  प्रदेशकी निशा चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

पोखरा रंगशालामा शनिबार हिट चरणमै निशाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

निशाले निर्धारित दुरी १२.१५ सेकेन्डको समयमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् ।

Advertisement

यस अघि देबीमाया पनेरुको नाममा १२.१९ सेकेन्डको इलेक्ट्रोनिक टाइमको राष्ट्रिय कीर्तिमान रहेको थियो ।