November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कतारमा बृहत रक्तदान कार्यक्रम आयोजनामा हुँदै

3.3K

सारदा भुजेल

दोहा । गोरखा सेवा समाज कतारले बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । समाजले नेपाली रक्तदाता संघको समन्वयमा बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको हो ।

‘रक्तदान, जीवन दान’ भन्ने नाराका साथ आगामी अक्टोबर १४ तारिख शुक्रवारका दिन हमाद अस्पतालको नयाँ ब्लड डोनर केन्द्रमा कार्यक्रम आयोजना गरिएको नेपाली रक्तदाता संघका अध्यक्ष रामजी खत्रीले जानकारी दिए ।

Advertisement

कतारमा स्थापित सामाजिक, वैचारिक तथा जातीय संघ संस्थाहरू, पत्रकारहरू, बुद्धिजीवी, समाजसेवी, व्यवसायीहरू लगायत कतारलाई कर्मथलो बनाएर रहेका सम्पूर्ण नेपालीहरुलाई रक्तदान कार्यक्रममा सहभागी भइदिन रक्तदाता संघका अध्यक्ष खत्रीले अनुरोध गरेका छन् ।

कार्यक्रम बिहान ८ बजेदेखि १२ बजेसम्म हुनेछ । ‘रक्तदान जीवन दान’ मुलमन्त्र आत्मसात गर्दै स्वस्थ रगत संकलन कार्यमा सहयोग पु¥याउने उद्देश्यका साथ समाजले प्रत्येक ६÷६ महिनामा रक्तदान कार्यक्रम आयोजना गर्ने समेत जनाएको छ ।