काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशलाई हराएको छ। नेपालले घरेलु मैदानमा बंगलादेशलाई ३–१ ले पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले पहिलो हाफमा ३–० को अग्रता लिदा दोस्रो हाफमा एक गोल खाएको थियो ।
नेपालका लागि अन्जन विष्टले ह्याट्रिक पूरा गर्दा बंगलादेशका सजजाद हुसेनले एक गोल फर्काएका थिए । १८औं मिनेटमा खाता खोलेका अन्जनले २७औं र ३८औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन । उनी अन्तर्राष्ट्रिय फुटबलमा ह्याट्रिक गर्ने नेपालका छैटौं खेलाडी समेत बनेका छन् ।
यसअघि नेपालका लागि गणेश थापा, नरेश जोशी, निराजन राइमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए । यससँगै अन्जनले राष्ट्रिय टोलीका लागि ब्यक्तिगत १० गोलको रेकर्ड बनाए ।Photo: goalnepal.com