November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

दमक नगरपालिकाले अतिक्रमित फुटपाथ खाली गराउन ३५ दिने सूचना प्रकाशन गर्ने

1.9K

झापा । दमक नगरपालिकाले अतिक्रमित फुटपाथ खाली गराउन ३५ दिने सूचना निकाल्ने भएको छ । मंगलबार दमकको फुटपाथ व्यवस्थापन तथा व्यवस्थित बजारीकरणका विषयमा नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईको अध्यक्षतामा सरोकारवालाबीच भएको छलफलले फुटपाथ खाली गराउन ३५ दिने सूचना निकालेर सूचित गराउने निर्णय गरेको हो ।

छलफलमा नगर उपप्रमुख भट्टराईले दमकलाई व्यवस्थित बनाउन अतिक्रमित ठाउँ खाली गराउनै पर्ने र सो कार्यमा सबै पक्षको सहयोगको अपेक्षा गरेको बताइन् । उनले आफूहरू दमक बनाउने योजनामा प्रतिबद्ध भएको भन्दै यसमा नागरिक समाजको पनि सहकार्य आवश्यक रहेको बताइन् ।

भाट्टराईले नगरपालिकाले सूचना जारी गरी फुटपाथ खाली गराउन आग्रह गर्ने र समय भित्र खाली नगराए प्रशासनको सहयोगमा खाली गराउने जानकारी दिइन् । दमक बजारको पार्किङ समस्या समाधानका लागि खाली जमीन खोजिरहेको भन्दै कतै जमीन पाए भाडामा लिएर व्यवस्थित पार्किङ बनाउने योजना रहेको जानकारी दिइन् ।

Advertisement

यस्तै, इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिलीप गिरीले दमक बजारलाई व्यवस्थित बनाउने अभियानमा आफू एउटा सहयोगीको रूपमा रहने बताए । व्यवस्थित सहरीकरणको लागि प्रहरी परिचालित हुन तयार रहेको उनको भनाइ थियो ।