शारदा भुजेल
दोहा । कतारको सामुद्रिक भन्सार विभागले ८७ किलो प्रतिबन्धित सुर्ती बरामद गरेको छ । हमाद बन्दरगाह विभागले ढुवानीमा समानमा लुकाएर लयाएको ८७ किलो सुर्ती बरामद गरेको हो ।
केही दिनअघि पनि भन्सारले विभिन्न किसिमका लागुऔषध चक्की बरामद गरेको थियो ।
कतारमा सुर्ती सेवन तथा त्यसको किनबेच अबैध मानिन्छ । भन्सार विभागले देशभित्र अवैधानिक पदार्थ ओसारपसार नगर्न निरन्तर चेतावनी दिँदै आएको छ ।