November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

यूईएफए नेसन्स लिग फुटबलमा क्रोएसियाकाे सहज जित

2K

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा क्रोएसियाले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेल क्रोएसियाले अष्ट्रियालाई ३-१ गोल अन्तरले हराएको हो ।खेलको छैटौं मिनेटमा लुका मोड्रिचले गोल गर्दै क्रोएसियालाई सुरुआती अग्रता दिलाएका थिए ।

नवौं मिनेटमा क्रिस्टोफले गोल गर्दै अष्ट्रियालाई १-१ गोलको बराबरीमा ल्याए ।

Advertisement

६९ औं मिनेटमा मार्को लिभाजाले गोल गर्दै क्रोएसियालाई २-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ७२ औं मिनेटमा डेजान लोभ्रेनले गोल गर्दै क्रोएसियालाई ३-१ को जित दिलाए ।

यस जितसँगै लिग ए समूह १ को क्रोएसियाले ६ खेलमा १३ अंक जोडेको छ । क्रोएसियाले नेसन्स लिगको फाइनल्समा स्थान पक्का गरेको छ ।

अष्ट्रिया ४ अंक जोडेर पुछारमा रहदै रेलिगेसनमा परेको छ ।