November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

झापाको चार स्थानमा प्रदर्शन हुँदै चलचित्र ‘थिम’

10.2K

बिर्तामोड । लिम्बु कथानक नेपाली भाषाको चलचित्र ‘थिम’ झापाको चार स्थानमा प्रदर्शन हुने भएको छ । यहि असोज १५ गते दमक गोर्खा डिपार्टमेन्ट २ः०० बजे, असोज १६ गते विर्तामोड पाथिभरा सिने प्लाजा १ः०० बजे, असोज १६ गते भद्रपुर ४ फागु चोक साझ ६ः३० बजे र असोज १७ माइधारमा ११ः३० बजे चलचित्रको विशेष प्रर्दशन गरिने निर्देशक यलम्बर खम्बू (आई देव राई)ले जानकारी दिए ।

लिम्बू कथामा आधारित चलचित्र ‘थिम’ (संस्कार)को गतसाल चैतमै छायांकन सम्पन्न भएपनि कोरोनाको दोस्रो भेरियन्टले सम्पादनमा ढिलाई भएको निर्देशक खम्बूले बताए । ‘ढिलै भएपनि चलचित्र सम्पादन लगायतको सम्पूर्ण कार्य सम्पन्न गरि प्रदर्शनमा लाने कोशिस गरेको छु ।’, निर्देशक खम्बुले भने ।

चलचित्र पान्थर र ताप्लेजुङको विभिन्न रमण्ीय स्थलहरुमा छायांकन गरिएको छ । याक्थुङ् फिल्मस प्रा.लि.द्वारा निर्मित चलचित्रमा निर्देशक खम्बु, सागर केरुङ, कृष्णराज नेम्बाङ, डिबि खुदाङ र भोजराज साँबाको मुख्य लगानी रहेको छ भने सुकुमार मेचे नन्दुभाइ मेन्याङबो, मानबहादुर साँवा र डिबि खुदाङ लगायतको पनि चलचित्रमा लगानी रहेको निर्देशक खमुले बताए ।

Advertisement

सागर केरुङको लेखन रहेको यो चलचित्रको मुख्य सहायक निर्देशक दिनेश माङ्मु, साहायक निर्देशक डिआर हाङ्सरुम्बा, रेगन प्रसाईं र अम्बरबहादुर तुम्बापो रहेका छन् ।

चलचित्रमा बिक्रम डिसिको छायांकन रहेको छ भने ड्रोन अपरेटर बिक्रम याम्फुको रहेको छ । यस्तै, नृत्य निर्देशन दिनेश माङ्मु र सहायक निर्देशन निङ्वा नेम्बाङ्ले गरेका छन् ।

पुर्वी नेपालको लिम्बुवानमा हजारौं बर्ष देखि बसोबास गर्दै आएको लिम्बु जातिहरुको मुन्धुमलाई दर्शनको रुपमा मान्ने लिम्बू जातिहरुको आफ्नै भाषा, लिपि, धर्म, कला, संस्कार, संस्कृति, पहिचान र मूल्य मान्यताहरु छन् । आफूलाई आदिम जाति भएको हुँदा यहाँको भूमिपुत्र हुँ भन्ने यथार्थलाई चलचित्रमा समेटिएको छ ।

कोरोनाको आतन्क देश धराशहि गईरहेको बेला कोरोनाको प्रबाहा नगरी फिल्म क्षेत्रमा लागानी गरेर अगि बडने एउटा सहाशी निर्माता निर्देशक खम्बुले करिव ३० लाख लगानीमा निर्माण भएको चलचित्र थिम हिन्दुहरुको महान चाड दशैलाई लक्षित गरि बिबिन्न ठाउमा पर्दशन हुने निर्देशक खम्बुले बताए ।