November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रदेश १ का स्वास्थ्यमन्त्रीले हटाए कार्यकक्षमा झुन्ड्याइएको राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर

3.1K

काठमाडौं । प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले आफ्नो कार्यकक्षमा झुन्ड्याइएको राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्वीर हटाएका छन् । आइतबार मन्त्री यादवले त्यस स्थानमा राष्ट्रपति र प्रदेश प्रमुख परशुराम खापुङ र मुख्यमन्त्री राजेन्द्रकुमार राईको फोटो झुण्डयाएका हुन् ।

मन्त्री यादवले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर प्रदेश प्रमुख र मुख्यमन्त्रीको फोटो रोखेको बताएका छन् । मन्त्रीले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर माननीय प्रदेश प्रमुख परशुराम खापुङज्यु र माननीय मुख्यमन्त्री राजेन्द्र कुमार राईज्यूको तस्वीर आजदेखि स्वास्थ्य मन्त्रालयमा स्थापित गरियो । पहिचान सहितको–संघीय अभिवादन !’

मन्त्री यादवले संघीयताको मर्म र मान्यतालाई स्थापित गर्न आफूले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर प्रदेश प्रमुख र मुख्यमन्त्रीको फोटो राखेको बताए । मुलुक संघीयतामा गइसकेकोले व्यवहार र क्रियाकलाप पनि त्यहीअनुरुप हुनुपर्ने भएकोले राष्ट्रपति र प्रधानमन्त्रीको फोटोको सट्टा प्रदेश प्रमुख र मुख्यमन्त्रीको फोटो राखेकोमा आफूलाई फोन र सामाजिक सञ्जालमार्फत् धेरैले धन्यवाद दिएको उनले बताए ।

Advertisement