November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बागमती प्रदेश सरकारले सञ्चारग्राम स्थापना गर्न एक करोड विनियोजन गरेको छ: राजेन्द्र पाण्डे

2.6K

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशमा सञ्चारग्राम स्थापना गर्न एक करोड विनियोजन गरिएको बताए ।

शनिबार काडमाडौंमा आयोजित समाजवादी प्रेस संगठन नेपालको बागमती र उपत्यका प्रदेशको संयुक्त भेलाको उद्घाटनका क्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले सञ्चार क्षेत्रको विकासका लागि प्रदेशभित्र स्थापना गरिएका सबै सञ्चारमाध्यमलाई नवीकरण दस्तुर छुट दिएको बताए ।

मुख्यमन्त्री पाण्डेले समाजमा विद्यमान भ्रष्टाचारको न्यूनिकरणका लागि पत्रकार क्रियाशील भई सुशासन कायम गर्न सकिने र उनीहरुका सङ्गठनमा संविधानअनुसारको विभाग राख्न उपयुक्त हुने बताए ।

Advertisement