काठमाडौं । ‘हैट’ थेगोले परिचित कलाकार बुद्धि तामाङले मकवानपुरकी अनु थिङसँग विवाह गरेका छन् ।
शुक्रबार भक्तपुरको एक पार्टी प्यालेसमा उनले मकवानपुरकी थिङसँग तामाङ परम्परा अनुसार विवाह गरेका हुन् । विद्यार्थी अनुलाई बुद्धिले मागी विवाह गरेका हुन् ।
विवाहमा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका साथीहरु उपस्थित थिए । बुद्धि पछिल्लो समय म्युजिक भिडियो, टेलिफिल्म र फिचर फिल्ममा निकै व्यस्त छन् ।